सर्पले टाेकेपछि अस्पताल चहार्दाचहार्दै गयो बालिकाको ज्यान
annapurnapost.com · Thu Sep 10 02:58:41 GMT 2026

विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिका–५ की ८ वर्षीया आस्वाना चौहानलाई बुधबार साँझ गोमन सर्पले डस्यो । सर्पले डसेको केही समयसम्म उनी सामान्य अवस्थामा थिइन् । तर, उपचारका लागि अस्पताल पुर्याउँदासम्म अवस्था गम्भीर बन्दै गयो । एकपछि अर्को अस्पताल पुर्याउँदा पनि आवश्यक उपचार र पीआईसीयू सेवा तत्काल नपाएपछि उनको मृत्यु भएको छ ।
घरभित्र खेलिरहेका बेला बुधबार साँझ गोमन सर्पले आस्वानाको बायाँ हातमा टोकेको थियो । सर्पले टोकेको कुरा उनले तत्काल परिवारलाई बताइनन् । केही समयपछि स्वास्थ्यमा समस्या देखिएसँगै अभिभावकले घटनाबारे थाहा पाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)