जलविद्युतको सुरुङभित्र खोजी जारी
annapurnapost.com · Thu Sep 10 02:50:36 GMT 2026

रसुवा : गत भदौ १० गते लेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ । चिलिमे जलविद्युत् केन्द्रको भूमिगत सुरुङमा सेना तथा प्रहरीले खोजी जारी रहेको छ ।
गोसाइँकुण्ड गाउँपालिका–५ स्याँफ्रुस्थित चिलिमे जलविद्युत् केन्द्रको टनेलको मुखबाट करिब २५ मिटरभित्रसम्म नेपाली सेना पुगेको छ । माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा हराएकाहरूको खोजी कार्य जारी रहेको छ । त्यहाँ कार्यरत कर्मचारीका आफन्तले जीवित रहेको र उद्धारका लागि आग्रह गरेपछि खोजी कार्य जारी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)