बाढीपहिरोले आज पनि अवरुद्ध छन् यी सडक
kendrabindu.com · Thu Sep 10 03:06:06 GMT 2026

काठमाडौं । वर्षासँगैको बाढी तथा पहिरोका कारण आज पनि देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले बिहीबार बिहाहन सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक अवरुद्ध भएका हुन्। केही एकतर्फी गाडी चलेका छन्।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानीमा पहिरो खस्दा काठमाडौँ–धादिङ सडकमा एकतर्फी मात्रै गाडी चलेका छन्। त्यसैगरी यही भदौ १० गते आएको रसुवा बाढीका कारण उत्तरगया गाउँपालिका–५ क्षेत्रमा त्रिशूली मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भने जिल्लाका अन्य मुख्य राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध रहेका प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)