नेत्रज्योति संघद्वारा उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग
clickmandu.com · Thu Sep 10 03:07:02 GMT 2026

काठमाडौं । नेपाल नेत्रज्योति संघले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड ४१ लाख ४१ हजार १४१ सहयोग गरेको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई संघका महासचिव भरतबहादुर चन्दले उक्त रकमको ‘चेक’ तथा ‘भउचर’ बुधबार हस्तान्तरण गरे । गैरनाफामुखी सो सामाजिक संस्थाको सञ्जालभित्रका अस्पताल, आँखा उपचार केन्द्र तथा जिल्ला शाखालगायत संस्थागत स्रोतबाट रु ९९ लाख ७४ हजार ५०६ र कर्मचारी तथा स्वयंसेवकबाट रु ४१ लाख ६६ हजार ६३५ संकलन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)