चीनमा उच्च प्रविधि क्षेत्र विदेशी लगानीको प्रमुख आकर्षण बन्दै
aarthiknews.com

सियामेन । चीनमा उच्च प्रविधि तथा उच्च मूल्य अभिवृद्धिका उद्योग विदेशी लगानीकर्ताका लागि प्रमुख आकर्षण बन्दै गएका छन्। चीनमा वास्तविक रूपमा उपयोग भएको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा उच्च प्रविधि क्षेत्रको हिस्सा निरन्तर बढिरहेको एक प्रतिवेदनले देखाएको छ।
पूर्वी चीनको फुजियान प्रान्तस्थित सियामेनमा जारी २६औँ चीन अन्तरराष्ट्रिय लगानी तथा व्यापार मेला (सीआइएफआईटी)का अवसरमा बुधबार सार्वजनिक गरिएको ‘चीन द्विपक्षीय लगानी प्रतिवेदन २०२६’ अनुसार, सन् २०२५ मा चीनले वास्तविक रूपमा उपयोग गरेको कुल एफडीआईमध्ये उच्च प्रविधि क्षेत्रको हिस्सा करिब ३२ प्रतिशत थियो। वैज्ञानिक अनुसन्धान तथा प्राविधिक सेवा क्षेत्रको योगदान मात्र कुल एफडीआईको करिब २० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)