प्रधानमन्त्री राहत कोषमा सिमराकी राजी राणाको १ करोड ९ लाख
annapurnapost.com · Fri Aug 28 14:39:12 GMT 2026

सिमराः रसुवामा आएको विनाशकारी बाढीका कारण देशले ठूलो संकट व्यहोरिरहेका बेला बारा सिमराकी समाजसेवी राजी राणाले प्रभावितहरूको उद्धार, राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ९ लाख आर्थिक सहयोग गरेकी छिन्। ८८ वर्षीया राणाले आफ्ना सहयोगी कृष्ण बस्नेतमार्फत उक्त रकम बराबरको चेक सरकारलाई हस्तान्तरण गरेकी हुन्।
विपद्को घडीमा व्यक्तिगत तर्फबाट उपलब्ध गराइएको यो रकम राहत कोषमा प्राप्त ठूला सहयोगहरूमध्ये एक रहेको बताइएको छ। पूर्व राजपरिवार निकट राणाले नगद सहयोगका साथै बाढी प्रभावितहरूका लागि थप २५ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा जिन्सी सामग्रीसमेत उपलब्ध गराउने भएकी छिन्। दिवङ्गत पति प्रभु शमशेर जबराको स्मृतिलाई जीवन्त राख्न राणाले 'प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठी' मार्फत लामो समयदेखि सामाजिक सेवाका अभियानहरू सञ्चालन गर्दै आएकी छिन् । राणाले यसअघि पनि थुप्रै उदाहरणीय काम गरिसकेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)