काठमाडौँ ल्याइएका २३ घाइतेको वीर र ट्रमा सेन्टरमा उपचार जारी
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौँ । रसुवामा बुधबार बिहान गएको भीषण बाढीमा परी घाइते भएका र उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये २३ जनाको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले दिएको जानकारीअनुसार उद्धार गरी काठमाडौँ ल्याइएकामध्ये १८ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र पाँच जनाको वीर अस्पतालमा उपचार भइरहेको छ। उपचाररत सबै घाइतेहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौँ ल्याइएका घाइतेहरूको उपचारसँगै उनीहरूका आफन्तको खोजी तथा अवस्थाबारे जानकारी लिने क्रम पनि जारी रहेको छ। घाइतेका आफन्तजन अस्पतालमा पुगेर आफ्ना परिवारका सदस्यको अवस्था बुझिरहेका कारण वीर अस्पताल र ट्रमा सेन्टरमा आफन्तजनको घुइँचो लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)