यी हुन् रसुवा बाढीबाट उद्धार गरिएका विदेशी नागरिक
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौं । रसुवा बाढीका कारण जोखिममा परेका विभिन्न देशका नागरिकलाई उद्धार गरिएको छ । उद्धार गरिएका विदेशी नागरिकमध्ये भारतीय ११ जना, अमेरिकी २ जना, इटालियन २ जना र दक्षिण कोरियाली ४ जना रहेका छन् ।
उद्धार गरिएका भारतीय नागरिकको विवरणअनुसार उनीहरू सबैलाई टिमुरे क्षेत्रबाट उद्धार गरिएको हो । उनीहरूको उमेर ४६ देखि ६९ वर्षसम्म रहेको छ । विवरणमा ८ जना पुरुष र ३ जना महिला उल्लेख छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)