भोटेकोसी बाढीले एनआईसी एसिया बैङ्कका तीन शाखा पूर्ण क्षतिग्रस्त, कर्मचारी सबै सुरक्षित
hamrakura.com · Fri Aug 28 00:00:00 GMT 2026

काठमाडौँ। रसुवाको भोटेकोसी नदीमा मिति २०८३ भाद्र १० गते आएको भीषण बाढीका कारण एनआईसी एसिया बैङ्कका तीन शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। प्रभावित क्षेत्रमा कार्यरत बैङ्कका सबै कर्मचारीहरू भने सुरक्षित स्थानमा रहेको बैङ्कले जनाएको छ।
बाढीले रसुवास्थित स्याफ्रुबेशी शाखा र नुवाकोटस्थित बेत्रावती शाखा कार्यालय रहेको भवन बगाएको छ। त्यस्तै, त्रिशूली शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भई माटोले पुरिएको छ। उक्त तीनै शाखा अर्को व्यवस्था नभएसम्म बन्द रहने बैङ्कले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)