एएफडीको जितपछि ट्रम्प–मेर्ज टेलिफोन वार्ता रद्द
nepalviews.com · Thu Sep 10 03:15:40 GMT 2026

एजेन्सी । र्जर्मनीको अति–दक्षिणपन्थी दल ‘एएफडी’ले क्षेत्रीय निर्वाचनमा हासिल गरेको जितको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्वजनिक रूपमा प्रशंसा गरेको केही घण्टापछि जर्मन चान्सलर फ्रेडरिक मेर्जले ट्रम्पसँग तय भएको टेलिफोन वार्ता रद्द गरेका छन् ।
मेर्जका प्रवक्ताले वार्ता रद्द हुनुको कारण खुलाउन अस्वीकार गरे । यद्यपि, पत्रकारको प्रश्नको जवाफ दिँदै उनले यो समय तालिकासम्बन्धी समस्याका कारण नभएको स्पष्ट पारे । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा एएफडीका लागि ‘वास्तवमै ठूलो रात’ भएको भन्दै दलको जितको प्रशंसा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)