सर्लाहीमा भरुवा बन्दुकसहित एकजना पक्राउ
baahrakhari.com · Mon May 25 08:39:55 GMT 2026

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–१२, लौकट गाउँबाट भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वाग्मती नगरपालिका–२, सुकुम्वासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान घलान छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले एकनाले भरुवा बन्दुक एक थान, बारुद करिब १०० ग्राम र फलामको छर्रा ८० थान बरामद गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)