‘पाँच पाण्डव’ को छायांकन सम्पन्न
kalakarmi.com · Mon May 25 09:01:03 GMT 2026

काठमाडौं- वसन्त निरौलाको निर्देशनमा बनेको फिल्म ‘पाँच पाण्डव’ को छायांकन सम्पन्न भएको छ। २०८२, चैत २ गतेबाट सुरु गरिएको फिल्मको सुटिङ ६६ दिनमा पूरा गरिएको निर्माण टिमले जनाएको छ। छायांकन सकिएपछि टोलीले ‘इन्ड क्ल्याप’ लेखिएको केक काटेर खुसी साटेका छन्।
निर्देशक निरौलाले फिल्मको निर्माणमा कुनै सम्झौता नगरेको बताउँदै यसको प्रभाव पर्दामा पनि देखिने विश्वास व्यक्त गरे। उनका अनुसार फिल्मलाई उत्कृष्ट बनाउन निर्माण पक्षले विशेष मेहनत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)