प्यालेस्टाइनमा चुनावको घोषणा, २० वर्षपछि प्यालेष्टिनीले भोट हाल्न पाउँदै
nepalviews.com · Thu Jul 09 14:14:07 GMT 2026

काठमाडौं । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले बिहीबार एक आदेश जारी गर्दै प्यालेष्टिनी विधायिका निर्वाचन नोभेम्बर २८ मा गर्ने घोषणा गरेका छन् । यदि यो निर्वाचन भएमा प्यालेष्टिनीहरूले बीस वर्षपछि मताधिकार प्रयोग गरी आफ्नो विधायकलाई छान्नेछन् ।
प्यालेस्टिनी क्षेत्रमा विधायिकाको अन्तिम निर्वाचन सन् २००६ मा भएको थियो, जसमा हमासले जित हासिल गरेको थियो र अब्बासको फतह पार्टी पराजित भएको थियो । उक्त निर्बाचनबाट प्यालेष्टिनी सशस्त्र समूह हमासले प्यालेस्टिनी राजनीतिमा प्रभुत्व जमाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)