शिक्षा सचिव भन्छन्- विद्यालय भवन निर्माणको पुरानो बेरुजु फर्स्यौट ठुलो समस्या
hamrakura.com · Mon May 25 00:00:00 GMT 2026
काठमाडौँ । शिक्षा सचिव चुणामणि पौडेलले शिक्षा मन्त्रालयअन्तर्गत विद्यालय भवन निर्माणसँग सम्बन्धित पुराना बेरुजु फर्स्यौट गर्न ठुलो समस्या देखिएको बताएका छन्। सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले साविक जिल्ला शिक्षा कार्यालयमार्फत विद्यालय भवन निर्माणका लागि गएको बजेटको फर्स्यौट हुन नसकेको अधिकांश बेरुजु अहिले पनि बाँकी रहेको स्पष्ट पारे।
भवन निर्माण सम्पन्न भइसके पनि आवश्यक कागजात र प्रमाण अभावका कारण बेरुजु फर्स्यौट हुन नसकेको उनले जानकारी दिए। अहिले मन्त्रालयअन्तर्गतका समन्वय इकाईहरूमा लेखा तथा प्राविधिक जनशक्ति अभाव रहेको बताउँदै उनले स्थानीय तहसँग अनुरोध गरेर काम अगाडि बढाइरहेको उल्लेख गरे। विद्यालय व्यवस्थापनको सम्पूर्ण अधिकार स्थानीय तहमा हस्तान्तरण भए पनि बेरुजु भने मन्त्रालयमै बाँकी रहँदा समस्या जटिल बनेको उनको भनाइ छ। यदि बेरुजु पनि स्थानीय तहमा सँगै हस्तान्तरण भएको भए फर्स्यौट प्रक्रिया सहज हुने उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)