सम्झौताका बाबजुद इरानका सभामुखले भने–हर्मुज स्ट्रेटमा शुल्क उठाइनेछ
kendrabindu.com · Thu Jun 18 04:35:34 GMT 2026

काठमाडौं । अमेरिका र इरानबीच बुधबार सम्झौतामा हस्ताक्षर भइसकेको छ । तर यसैबीच इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफले हर्मुज स्ट्रेटमा शुल्क असुल्ने बताएका छन् ।
दुवै पक्षबीच भएको सम्झौतामा इरान हर्मुज स्ट्रेट हुँदै जाने कुनै जहाजमा शुल्क नलिने उल्लेख छ । गालिबाफले सरकारी टेलिभिजनमा दिएको अन्तर्वार्तामा हर्मुज स्ट्रेट युद्धभन्दा अघिको अवस्थामा कुनै हालतमा नफर्किने दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)