चालामा पुग्यो सञ्चार सेवा
gorkhapatraonline.com · Thu Sep 10 03:54:27 GMT 2026

उत्तरी नाम्खा गाउँपालिका–४ को चालागाउँमा पहिलो पटक सञ्चार सम्पर्क भएको छ । सो ठाउँमा नेपाल टेलिकमको टुजी सेवा (मोबाइल) सञ्चालनमा आएपछि सञ्चार सम्पर्क भएको हो ।
नेपाल टेलिकमले सोही गाउँपालिका–२ को केर्मीमा टावर स्थापना गरेर सञ्चालनमा आएपछि चालामा पनि सोही टावरले काम गर्दा मोबाइल सेवा सञ्चालनमा आएको छ । सरकारी सेवा सुविधा विरलै पुग्ने चालागाउँमा पहिलो पटक मोबाइल सेवा सुचारु भएको नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो । उहाँले चालामा टावर स्थापना गर्न निकै लामो प्रयास गरिएको भए पनि सो प्रयास सफल नभएपछि नाम्खा गाउँपालिकाकै केर्मीमा स्थापना गरिएको टुजी सेवाको टावरले चालामा पनि काम गर्दा दुर्गम गाउँमा सञ्चार सम्पर्क गर्न सहज भएको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)