पहिरो र बाढीले मुख्य राजमार्ग प्रभावित
gorkhapatraonline.com · Thu Sep 10 03:52:26 GMT 2026

लगातारको वर्षाका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा पहिरो र बाढीको असर परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक पूर्णरूपमा अवरुद्ध हुनुका साथै केही सडकखण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–२, विसापानी क्षेत्रमा पहिरोका कारण काठमाडौँ–धादिङ सडकखण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)