संसदीय समितिहरुको बैठक
emountaintv.com · Thu Sep 10 03:59:39 GMT 2026

काठमाडौँ ।
सदनको अघि आज ३ वटा संसदीय समितिहरूको बैठक बस्ने भएको छ। बिहान ९:०० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा अदालतहरूले गरेका फैसला कार्यान्वयनको अवस्थाबारे कानुनमन्त्रीसहितका अधिकारीहरूसँग छलफल हुँदैछ। सोही समयमा बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलवायुजन्य विपद्ले कृषिमा पारेको असर र जलवायु न्यायका विषयमा मन्त्री तथा विभागीय अधिकारीहरूसँग विमर्श गरिनेछ । यस्तै, बिहान १०:०० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विविध विषयमा अध्ययनका लागि विषयगत उपसमितिहरू गठन गर्ने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)