तातोपानी नाकाबाट ७०३ रसुवा बाढी प्रभावित घर फर्किए
gorkhapatraonline.com · Thu Sep 10 03:57:56 GMT 2026

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित ७०३ जना तातोपानी नाका हुँदै राजधानी फर्किएका छन्। भदौ १० गतेको बाढीबाट प्रभावित उनीहरू केरुङ हुँदै तातोपानी नाकाबाट घर फर्किएका हुन्।
भोटेकोशीमा बाढी आउनुअघि उनीहरू चीनतर्फको भूमिमा विभिन्न काम गरेर बस्दै आएका थिए। बाढीले केरुङ र रसुवा क्षेत्रमा ठुलो जनधनको क्षति गरेपछि उनीहरू चीनको सुरक्षित क्षेत्रमा गएर बसेका थिए। केरुङबाट तातोपानी हुँदै आएका उनीहरूलाई बाह्रबिसे नगरपालिकाले निःशुल्क सवारीसाधनको व्यवस्था गरी राजधानी पुर्याएको नगरप्रमुख बालकृष्ण बस्नेतले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)