बाँदरले हैरान बनाएपछि रोपियो मार्सी, अनि सप्रियो बाली र आम्दानी
himalpress.com · Thu Sep 10 03:56:53 GMT 2026

गोरखा- बाँदरले हैरान पारेपछि बाँझै छाडिएका पाखा, पखेरामा स्थानीयले मार्सी धानको व्यावसायिक खेती सुरु गरेका छन् । गोरखाको उच्च पहाडी गाउँपालिका धार्चे–३ उहियामा धेरै महँगो र स्वादिलो भनेर लोकप्रिय बनेको मार्सी धानको व्यावसायिक खेती सुरु भएको हो ।
स्थानीय उहिया कृषक आमासमूहको नेतृत्वमा वर्षौंदेखि बाँझो बसेका पाखा, पखेरामा मार्सी धानको खेती सुरु गरिएको समूहकी संस्थापक प्रमिना घलेले बताइन् । “बाँदर लागेर हैरान पारेपछि खेती गर्न छाडेका पाखेरोमा समूह गठन गरेर मार्सी धान लगाउन सुरु गर्र्यौं”, उनले भनिन्, “सामूहिक रुपमा काम गरेपछि आलोपालो गरेर बाँदर कुर्ने, काम गर्ने र आम्दानी पनि हुने भयो । बाँझो जमिनको पनि सदुपयोग भयो।’ समूहले २०८१ सालमा २० रोपनी जमिनमा मार्सी धानखेती सुरु गरेको उनले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)