फिफा विश्वकप २०२६ : क्वार्टरफाइनलमा युरोपियन राष्ट्रको बाहुल्यता
baahrakhari.com · Thu Jul 09 14:31:01 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल शुक्रबारदेखि सुरु हुँदै छ । क्वार्टरफाइनलमा फ्रान्स, मोरोक्को, स्पेन, बेल्जियम, इंग्ल्यान्ड, नर्वे, अर्जेन्टिना र स्विट्जरल्यान्डले खेल्दै छन् ।
यी आठवटै टिमको कुरा गर्ने हो भने अन्तिम–१६ को समीकरणमा युरोपियन राष्ट्रको बाहुल्यता रहेको छ । यूईएफएका ६ राष्ट्रले खेल्ने पक्का हुँदा अफ्रिका र अमेरिकाबाट क्रमशः मोरोक्को र अर्जेन्टिना मात्र खेल्दै छन् । हालसम्म सम्पन्न २२ संस्करण हेर्ने हो भने विश्वकपको इतिहासमा चार संस्करण ६ यूईएफए राष्ट्रले क्वार्टरफाइलमा स्थान बनाएका छन् । सन् १९९४ को विश्वकपमा युरोपियन राष्ट्रले वर्चस्व कायम गरेको संस्करण मानेका मानिन्छ । उक्त संस्करण सात यूएएफले क्वार्टरफाइनलको समीकरण तय गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)