रसुवा बाढी : उद्योग परिसंघको समन्वयमा ५ करोड २९ लाख सहयोग
aarthiknews.com

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल उद्योग परिसंघको समन्वयमा परिसंघ सदस्य संस्थाहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड २९ लाख १५ हजार रुपैयाँ सहयोग गरेका छन्।
परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेको नेतृत्वमा शुक्रबार अर्थ मन्त्रालय पुगेको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई विभिन्न सदस्य संस्था तथा उद्योगी व्यवसायीबाट संकलित सहयोगको चेक हस्तान्तरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)