बाँडीचुँडीमै निर्वाचन आयोगमा नियुक्ति सिफारिस, प्रधानन्यायाधीशको भागमा प्रमुख निर्वाचन आयुक्त
nepalnews.com · Thu Jul 09 14:31:59 GMT 2026

१९ असारको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका बहालवाला रजिष्ट्रार मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गर्यो। १४ महिनादेखि रिक्त प्रमुख निर्वाचन आयुक्तको पदपूर्ति गर्ने क्रममा परिषद्ले कार्कीको नाम अघि सारेको हो।
कार्कीसँगै आयोगको आयुक्तमा पूर्वप्रहरी नायब महानिरीक्षक राजीव सुब्बा र निर्वाचन आयोगका पूर्वकर्मचारी गुरुप्रसाद वाग्ले सिफारिसमा परेका छन्। वाग्ले आयोगका पूर्वउपन्यायाधिवक्ता हुन् र सेवानिवृत्तिपछि कानुन व्यवसायमा सक्रिय छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)