प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नवनिर्मित तालिम भवन उद्घाटन
annapurnapost.com · Thu Jul 09 14:36:02 GMT 2026

झापा : कोशी प्रदेश सरकारले झापाको भद्रपुरमा निर्माण गरेको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरीको नवनिर्मित तालिम भवनको एक समारोहका बीच उद्घाटन गरेको छ। साढे ४ करोडको लागतमा निर्मित दुई तले तालिम भवनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बिहीबार उद्घाटन गरेका हुन्।
भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशकै आधुनिक तालिम केन्द्रका रुपमा विकास गर्न आवश्यक पूर्वाधार विस्तार गरिने बताएका छन्। अनुसन्धान, क्षमता विकास र जनशक्ति उत्पादनका लागि प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भने, आगामी दिनमा थप भौतिक संरचना र आवश्यक स्रोत–साधनको व्यवस्थापनमा प्रदेश सरकार प्रतिबद्ध छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)