भोटेकोशी बाढीपीडितलाई लमजुङका निजी विद्यालयको १६ लाख सहयोग
gorkhapatraonline.com · Thu Sep 10 04:12:10 GMT 2026

भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि लमजुङका निजी विद्यालयहरूले १६ लाख ३१ हजार ४५ रुपियाँ सहयोग गरेका छन्।
निजी तथा आवासीय विद्यालयको संस्था प्याब्सन लमजुङमा आबद्ध विद्यालयहरूले संकलन गरेको १२ लाख ४७ हजार ६५५ रुपियाँ प्याब्सन केन्द्रको विपद् कोषमा जम्मा गरेका छन्। केही विद्यालयले यसअघि नै आफ्नै तवरबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा तीन लाख ८३ हजार ३९० रुपियाँ जम्मा गरेका थिए। दुवै रकम जोड्दा सहयोग रकम १६ लाख ३१ हजार ४५ रुपियाँ पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)