रोलर स्केटमा राजन र निर्जला पहिलो
onlinekhabar.com · Sun Dec 15 17:45:06 GMT 2024
३० मंसिर, काठमाडौं । राजन मगराती र निर्जला श्रेष्ठले तेश्रो राष्ट्रिय फ्रिस्टायल रोलर स्केट प्रतियोगितामा आइतबार उपाधि जितेका छन् । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा राजन र महिलामा निर्जला पहिलो भएका हुन् ।
गल्फुटारमा भएको प्रतियोगिताको पुरुषमा सोहन गुरुङ दोश्रो र रोहन कुँवर तेश्रो भए । महिलामा सन्ध्या मगरले रजत तथा र निमिषा तामाङले कांस्य जिते । पुरुष-महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)