हराए सडकका सयौं सारथि
nepalnews.com · Thu Sep 10 04:15:35 GMT 2026

काठमाडौँको पशुपति आर्यघाटस्थित शवदाहस्थल वरपर बुधबार बिहान पनि अरू बेला जस्तै शोक व्याप्त थियो। बागमती किनारमा उभिएर आफन्तहरू रोइरहेका थिए। शव बोक्न प्रयोग गरिने बाँसको खट छेउमै थियो। शव भने थिएन।
कुशबाट बनाइएका दुईवटा प्रतीकलाई पीताम्बर ओढाएर नदी किनारमा राखिएको थियो। ती कुशका प्रतीकमाथि फूल र पैसा चढाइएको थियो। तिनलाई पालैपालो ब्रह्मनालमा राखेर मान्छेकै वास्तविक शवलाई झैँ विधिपूर्वक अन्तिम बिदाइ गरियो। त्यसपछि शवदाहस्थलमा राखेर आगो लगाइयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)