हिल्साबाट मानसरोवर–कैलाश जाने नौ पर्यटक समूहले यात्रा रद्द गरे
gorkhapatraonline.com · Thu Sep 10 04:22:59 GMT 2026

नेपाल–चीन सीमास्थित हिल्सा नाकाबाट मानसरोवर–कैलाशको धार्मिक यात्रा गर्ने नौ पर्यटक समूहले आफ्नो यात्रा रद्द गरेका छन्। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ती पर्यटक समूहले हिल्साबाट गर्ने यात्रा पनि रद्द गरेका हुन्।
भोटेकोशी बाढीको त्रासका कारण यात्रा तय गरिसकेका नौ समूहले हिल्साबाट यस पटकको मानसरोवर–कैलाश यात्रा रद्द गरेको रिचा ट्रेकका हुम्ला हेर्ने पर्यटन व्यवसायी विष्णुबहादुर रावतले बताउनुभयो। यात्राको मिति समेत तय गरिसकेका ती समूहले भोटेकोशी बाढीले पुर्याएको क्षतिबाट त्रसित भएर यात्रा रद्द गरेको उहाँले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)