२३ जिल्लामा बाढीको मध्यम जोखिम
ratopati.com · Thu Sep 10 04:36:24 GMT 2026

काठमाडौँ । आगामी तीन दिन देशका प्रमुख तथा साना नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने देखिएको छ। बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनअनुसार देशका प्रायः सबै मुख्य नदी प्रणालीमा बहाव बढ्ने अनुमान छ।
आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र तिनका सहायक नदीहरूसहित कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)