सडक निर्माण कम्पनीले अलपत्र पार्दा नागरिकलाई सास्ती
gorkhapatraonline.com · Thu Sep 10 04:38:43 GMT 2026

नाग्म–गमगढी सडकअन्तर्गत झ्यारी खोला र ताल्चाको चोरमेलामा सडक चौडा गर्ने क्रममा निर्माण कम्पनीले सडक अलपत्र पारेपछि यात्रु तथा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ। सडक अवरुद्ध भएको २४ दिन बितिसक्दा पनि यातायात सञ्चालन सहज हुन सकेको छैन।
सडक चौडा गर्ने जिम्मा पाएको उपमा प्रभात जेभीले निर्माणका क्रममा सडकको केही भाग भत्काएपछि लामो समयसम्म सडक खुलाउन पहल नगरेको कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का मालबाहक गाडी चालक जगनाथ जैसीले आरोप लगाउनुभयो। उहाँका अनुसार कम्पनीका सञ्चालक खड्कबहादुर शाही सम्पर्कविहीन भएपछि सडक थप अलपत्र परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)