प्रदेश सभा भवन पुनर्निर्माण योजना अन्योलमा
gorkhapatraonline.com · Thu Sep 10 04:34:59 GMT 2026

जेनजी आन्दोलनका व्रmममा आगजनीबाट ध्वस्त भएको बागमती प्रदेश सभाको नवनिर्मित भवन पुनर्निर्माणको योजना एक वर्ष बितिसक्दा पनि टुङ्गोेमा पुग्न सकेको छैन । १२ करोड २९ लाख रुपियाँ खर्चेर निर्माण गरिएको उक्त भवन सञ्चालनमा आएको एक महिनामै आगजनीबाट ध्वस्त भएको थियो । २०८२ भदौ २७ गते औपचारिक रूपमा सञ्चालनमा आएको भवनमा जम्मा तीन वटा प्रदेश सभा बैठक मात्र बसेका थिए ।
करिब साढे चार वर्ष लगाएर निर्माण गरिएको २५० जना क्षमताको सभा हलसहितको भवन ध्वस्त भएपछि प्रदेश सभा अहिले हेटौँडा उपमहानगरपालिकाको सभा हलबाट सञ्चालन हुँदै आएको छ । आगजनीबाट प्रदेश सभाका पाँच वटा भवन, सवारीसाधन र महìवपूर्ण कागजातमा समेत क्षति पुगेको थियो । प्रदेश सभा भवनको भवन पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), लागत अनुमान तथा निर्माण प्रव्रिmयासमेत अघि बढ्न सकेको छैन । प्रदेश सभा सचिवालयका अनुसार हेटौँडा–१७, हटियामा नयाँ भवन निर्माणका लागि जग्गा प्राप्तिको सहमति पनि भइसकेको छ तर भवनको निर्माण अपेक्षित रूपमा अघि बढ्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)