भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित
arthadabali.com · Mon May 25 10:10:50 GMT 2026

इलाम / पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवालीगोलाखर्क भञ्ज्याङ् खण्ड यतिबेला गम्भीर संकटमा परेको छ । करिब ३ किलोमिटर क्षेत्रमा लगातार सडक भासिने क्रम बढ्दा यातायात सेवा मात्र प्रभावित भएको छैन, स्थानीय बासिन्दाको दैनिक जीवन र सुरक्षासमेत उच्च जोखिममा परेको छ ।
वर्षौंदेखि विस्तार हुँदै गएको यो गम्भीर समस्याको वास्तविक प्राविधिक कारण अझै पत्ता लाग्न नसक्दा सरोकारवाला र स्थानीयमा चिन्ता थप गहिरिएको छ । स्थानीय बासिन्दाका अनुसार यो क्षेत्रमा सडक धसिने समस्या २०७२ सालको विनाशकारी भूकम्पपछि सुरु भएको हो । सुरुका वर्षहरूमा सामान्य चिरा र हल्का खाल्डो मात्र देखिएको सडक अहिले भने ठाउँ–ठाउँमा गहिरो गरी भासिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)