अमेरिकामा डा. चन्द्र गिरीको उपन्यास 'डङ्की : सपनाको कालबाटो'को आवरण सार्वजनिक
shilapatra.com · Mon May 25 10:05:00 GMT 2026

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा अमेरिकाको कोलोराडोमा सम्पन्न भइरहेको नवौँ नेपाली साहित्य सम्मेलनको भव्य समारोहबीच लेखक डा. चन्द्र गिरीको बहुप्रतीक्षित उपन्यास 'डङ्की : सपनाको कालबाटो'को आवरण सार्वजनिक गरिएको छ ।
नेपाललगायत विश्वका विभिन्न मुलुकबाट सहभागी विशिष्ट अतिथिहरू, साहित्यानुरागी तथा स्थानीय कोलोराडोवासीसहित करिब २५० जना सहभागी उक्त सम्मेलनको पहिलो दिन उक्त आवरण अनावरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)