तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव
ratopati.com · Thu Sep 10 04:53:41 GMT 2026

चितवन । चितवनमा कृषि बजेटको आकार बर्सेनि खुम्चिँदै जाँदा किसानका आधारभूत तथा प्राथमिकता प्राप्त कार्यक्रम ओझेलमा पर्न थालेका छन् । बजेट अभावका कारण व्यावसायिक तरकारी, फलफूल, माटो सुधार, जैविक मल प्रवर्द्धन र कृषिउपज बजारीकरणजस्ता महत्वपूर्ण कार्यक्रम यस आर्थिक वर्षमा सञ्चालन हुन सकेका छैनन् ।
कृषि विकास कार्यालय चितवनले बुधबार आयोजना गरेको आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कार्यालयले बजेटमा आएको तीव्र कटौतीका कारण जिल्लाका प्रमुख कृषि उपक्षेत्रहरू सम्बोधन गर्न नसकिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)