एनभीएलमा आज लिग चरणको अन्तिम तीन रोचक भिडन्त, कुन–कुन टोली पुग्लान् प्लेअफमा ?
ratopati.com · Thu Sep 10 04:54:04 GMT 2026
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल)मा आज लिग चरणका अन्तिम तीन खेल हुँदैछन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स किंग्स र सगरमाथा स्म्यासर्स खेल्दैछन् । यो खेल दिउँसो १ बजे सुरु हुँदैछ ।
अन्नपूर्ण ४ खेलमा ३ जित, १ हारसहित ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । आजको खेल जिते अन्नपूर्ण सिधै फाइनलमा प्रवेश गर्नेछ । सगरमाथा ४ खेलमा २ जित, २ हारसहित ७ अंक जोड्दै चौथो स्थानमा छ । सगरमाथाका लागि पनि प्लेअफमा पुग्नका लागि यो खेल महत्त्वपूर्ण छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)