राप्रपाले गर्यो ४४ जिल्लाको अधिवेशन, बाँकीको भदौभित्रै सम्पन्न गर्ने तयारी
ratopati.com · Thu Sep 10 04:59:23 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हालसम्म ४४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ । पार्टीले आगामी महाधिवेशनलाई लक्षित गर्दै जिल्ला अधिवेशनलाई तीव्रता दिएको हो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार हालसम्म ४४ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । बाँकी जिल्लामध्ये अधिकांशमा पनि भदौ मसान्तभित्र अधिवेशन सम्पन्न गर्ने गरी मिति तय गरेर तयारी भइरहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)