बाढी प्रभावित क्षेत्रको राहत र पुनःस्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
gorkhapatraonline.com · Thu Sep 10 04:56:08 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, उपचार, राहत तथा प्रभावितको पुनःस्थापनाका कामलाई निरन्तरता दिँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)