तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
nagariknews.nagariknetwork.com · Thu Sep 10 04:53:01 GMT 2026

प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि किल्ला आसपासका थप जग्गा अधिग्रहण गरिँदैछ। तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गर्न आधार तयार गर्ने क्रममा पुरातत्व विभागले जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको हो।
विभागका अनुसार किल्ला परिसर बाहिर गरिएको उत्खनन तथा भू-भौतिक सर्वेक्षणबाट प्राचीन संरचनाका भग्नावशेष तथा अन्य पुरातात्विक अवशेष भेटिएका छन्। ती संरचनाको अध्ययन, अनुसन्धान तथा संरक्षणका लागि त्यस क्षेत्रका जग्गा आवश्यक परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)