दिपेन्द्रको अर्धशतकमा नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
annapurnapost.com · Thu Sep 10 04:55:54 GMT 2026
काठमाडौं : एसिसी प्रिमियर कपको सेमीफाइनल जित्नको लागि नेपालले ओमानलाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५.४ ओभरमा १४७ रन बनाउँदै अलआउट भएको हो।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले। उनले ७६ बलमा चार चौका प्रहार गरे। ओपनर दोय देव खनाल र आशिफ शेखले क्रमशः १३ र १५ रन बनाए। बसिर अहमदले ४७ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)