व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला
nagariknews.nagariknetwork.com · Thu Jul 09 15:18:44 GMT 2026

रौतहटको चन्द्रपुर नगरपालिका-७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र बेच्न भ्याइनभ्याइ छ। करिब पाचँ कट्ठा जमिनमा व्यावसायिक रूपमा लगाइएको तरकारीखेतीले उनको व्यस्तता बढाउनुका साथै आर्थिक रूपमा पनि सबल बनाएको छ।
लौका, करेला, घिरौलालगायत तरकारी अहिले थरुनीको बारीमा लटरम्म फलेका छन्। दैनिक एक हजार ५०० देखि दुई हजारसम्मको तरकारी बिक्री हुने उनले जानकारी दिइन्। उनले आफना ग्राहकलाई बारीबाट ताजा तरकारी बेच्नुका साथै बाँकी तरकारी स्थानीय हाटबजारमा लैजाने गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)