एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल कमजोर, ओमानसँग बनायो मात्र १४७ रन
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026
काठमाडौँ । मलेसियामा जारी एसीसी प्रिमियर कप २०२६ को सेमिफाइनलमा नेपालले कमजोर प्रदर्शन गरेको छ । नेपालले ओमानलाई मात्र १४८ रनको चुनौती दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ४ बलमात्र क्रिजमा टिकेर १४७ रन बनाउन सक्यो । ३६ रन जोड्दा शुरूआती चार विकेट गुमाइसकेको नेपाललाई उपकप्तान दिपेन्द्र सिंह ऐरी र बसर अहमदले पाँचौँ विकेटका लागि गरेको ९३ रनको साझेदारीले सो योगफलसम्म पुर्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)