मोटरसाइकलमा नगरप्रहरीले ह्वील लक लगाएपछि २५ वर्षीय एक युवाले आत्मदाहको प्रयास
barnanmedia.com · Thu Jul 09 15:38:51 GMT 2026

त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयअगाडि मोटरसाइकलमा नगरप्रहरीले ह्वील लक लगाएपछि २५ वर्षीय एक युवाले आत्मदाहको प्रयास गरेका छन्। गम्भीर घाइते उनको वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
नगरप्रहरीका अनुसार मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका गणेश नेपाली बुधबार बिहान करिब ११:३० बजे राहदानी विभागको गेटअगाडि मोटरसाइकल पार्किङ गरेर पासपोर्ट बनाउन कार्यालय पुगेका थिए। केहीबेरपछि नगरप्रहरीले जथाभावी पार्किङ गरेको भन्दै मोटरसाइकलमा ह्वील लक लगाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)