डुबेर एकजनाको मृत्यु
ratopati.com · Thu Sep 10 05:15:33 GMT 2026

धनगढी । कैलालीमा एक पुरुषको डुबेर मृत्यु भएको छ। भजनी नगरपालिका–८ गोठचौर बस्ने ६६ वर्षीय राम प्रसाद चौधरीको मृत्यु भएको हो।
घर नजिकै रहेको गौरी तालमा माछा मार्ने क्रममा बुधबार दिउँसो डुबेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)