कालिञ्चोक दर्शनले बोलायो साधारणसभा, बोनस सेयर वितरणपश्चात हकप्रद जारी गर्ने
arthasansar.com · Thu Sep 10 05:17:16 GMT 2026

कालिञ्चोक दर्शन लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई विरतण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।
कम्पनीले असोज १६ गते, शुक्रबार, जर्मन होम्स होटल, मध्यपुर ठिमी, गठाघर, भक्तपुरमा १२ औँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)