तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र
reportersnepal.com · Thu Sep 10 05:16:39 GMT 2026

दमौली (तनहुँ), २५ भदौ । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा २२ दशमलव ४२ किलोमिटर सडक कालोपत्र गरेको छ । आर्थिक वर्ष २०८२÷८३ मा कार्यालयले गरेको कालोपत्रका बारेमा जानकारी दिएको हो ।
उक्त आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको थियो । कार्यालय प्रमुख रवीन्द्र तिवारीले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न सडकखण्डमा कालोपत्र गर्ने काम अघि बढाइएको बताए । लक्ष्यअनुसार काम सम्पन्न हुन नसके पनि सडक स्तरोन्नतिमा उल्लेख्य प्रगति भएको उनले उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)