नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
gorkhapatraonline.com · Thu Sep 10 05:24:24 GMT 2026
मलेसियामा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्ग बिहीबार भएको पहिलो सेमिफाइलन खेलमा नेपालले ओमानलाई फाइनल पुग्न १४८ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल बनायो । नेपालको लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाउनुभयो । उहाँले ७६ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)