बाढीले नुवाकोट थला परेपछिदेउवा राहत बोकेर मैदानमा,आजै प्रभावित क्षेत्र पुग्दै !
barnanmedia.com · Thu Sep 10 05:20:10 GMT 2026

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज बाढीपहिरो प्रभावित नुवाकोट जाने भएका छन्। बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्रीसहित उनी सडकमार्ग हुँदै नुवाकोट जान लागेका हुन्।
देउवाका निजी सचिव भानु देउवाका अनुसार बिहान ९ बजे काठमाडौंँबाट सडकमार्ग हुँदै नुवाकोटतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। उनले बाढीबाट क्षतिग्रस्त विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै प्रभावित नागरिकको अवस्था बुझ्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)