झापामा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गयो
Ujyaaloonline.com · Mon Oct 14 01:27:56 UTC 2024

काठमाण्डौ – झापामा हिजो भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।