मन्त्रिपरिषद्ले स्वीकृत गर्यो चीनलाई पठाउने प्रत्युत्तर
baahrakhari.com · Mon May 25 11:27:00 GMT 2026

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल–चीन प्रसारण लाइन आयोजनामा चीनलाई दिने प्रत्युत्तर स्वीकृत गरेको छ । रसुवाको चिलिमेदेखि चीनको केरुङसम्म निर्माण हुने आयोजनाका विषयमा चीन सरकारले पठाएको प्रस्तावमा अर्थ मन्त्रालयले प्रत्युत्तर तयार पारेको हो ।
उक्त प्रत्युत्तर मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो । अब नेपालको प्रत्युत्तर चीन सरकारले स्वीकृत गरेपछि आयोजनाको काम अघि बढ्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)