‘फैसला कार्यान्वयन कमजोर बन्दा दण्डहीनता बढ्यो’
ratopati.com · Thu Sep 10 06:16:59 GMT 2026

काठमाडौँ । सांसदहरूले फैसला गर्दै जाने तर व्यक्तिले न्याय नपाउने अवस्था भइरहँदा दण्डहीनताको विकास भइरहेको भन्दै चिन्ता प्रकट गरेका छन् । बिहीबार संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा ‘फैसला कार्यान्वयनको अवस्था’का बारेमा भएको छलफलमा सांसदहरूले यस्तो बताएका हुन् । उनीहरुले फैसला कार्यान्वयनमा भइरहेको ढिलाइले अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको बदनाम भइरहेका बताए ।
‘न्यायपालिकाले गर्ने फैसलाको कार्यान्वयन कार्यपालिकाले गर्छ’,सांसद मनिष खनालले भने,‘कार्यपालिकालाई अझै बढी जिम्मेवार बनाउन सकियो भने फैसला कार्यान्वयनमा सुधार हुनसक्छ कि भनेर पनि सोच्नुपर्ने हुन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)